२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने

2043 Shares
Spread the love

काठमाण्डौ । ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ ।

पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु आफ्नो हुन् भनेर अनुभूति गराउनका लागि रानीपोखरी खुला गरिएको हो ।

कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । पोखरीको सरसफाइको काम महानगरपालिकाले गर्नेछ ।

२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ ।

पुनःनिर्माण सकेर २०७७ साल कात्तिक ५ गते नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ साल पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया