२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

1244 Shares
Spread the love

काठमाडौं ।  आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ।

निर्वाचन आयोगले मंगलबा एक सूचना जारी गर्दै आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको थियो।

रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ। नागरिकतासम्बन्धी मुद्दामा चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेपछि उक्त चुनाव क्षेत्र रिक्त छ।

त्यस्तै तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि संसद् पद रिक्त छ। ति चुनाव क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदै छ।

प्रतिक्रिया