२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

शितल निवासमा संघीय र प्रदेश सांसदहरूको सम्मानमा चियापान समारोह (फोटोफिचर)

1406 Shares
Spread the love

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा चियापान समारोहको आयोजना गरेका छन् ।

आज बिहान ९ बजेदेखि राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेसहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरु उपस्थित रहेका छन् ।

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हालेका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुन सबै सांसद काठमाडौं आएको समय पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रतिक्रिया