२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

झा र शेखलाई मधेस प्रदेश सरकारले दुई लाख पुरस्कार दिने

1392 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई मधेस प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिका अनुसार झा र शेख मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेकाले प्रोत्साहनस्वरुप प्रदेश सरकारले जनही दुई लाख दिन लागेको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो। जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ।

प्रतिक्रिया