२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

युएईले पहिला ब्याटिङ गर्ने

1114 Shares
Spread the love

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा नेपाल युएईसँग टस हारेर पहिला बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने खेल युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपालले युएईविरुद्धका लागि सुरुआती ११ खेलाडीको घोषणा गरेको छ।

जसमा नेपाली टोलीका कप्तान रोहीत पौडेल, पूर्व कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेख रहेका छन्।

यस्तै, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, भिम शार्की, गुल्शन झा र ललित राजवंशी रहेका छन्। यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।

 

प्रतिक्रिया