२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

सवारी कागजपत्र ट्राफिकले लगेको छ? कुन ट्राफिक कार्यालयमा छन् यसरी पत्ता लगाउनुहोस्

1286 Shares
Spread the love

काठमाडौं । अधिकांश सवारीसाधन चालकहरुलाई ट्राफिक कारबाहीमा खिचिएको कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयबाट हुन्छ र कसरी लिने भनी अन्योल हुन्छ।

यस्तै बढी झन्झटिलो मान्ने सवारी चालक धेरै पछि मात्रै कागजपत्र लिने जाने पनि गर्छन्। तर,यो कागजपत्रबारे थाहा पाउन आज एसएमएस गरेर थाहा पाउन सकिन्छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार काठमाडौं उपत्यका (काठमाडौं,ललितपुर र भक्तपुर)बाट ट्राफिक कारबाहीमा खिचिएको कागजपत्र एसएमएसबाट नै सजिलै गरि थाहा पाउन सकिन्छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कसरी मोबाइल म्यासेजबाट थाहा पाउने भनेर जानकारी दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मोबाइलको म्यासेज बक्समा इ-चलान टाइप गरि एक स्पेस छाडेर आर्थिक वर्ष, प्रदेश र जिल्ला कोडको लागि ६ वटा शून्य तथा चिट नम्बर लेखि (३४००१) मा पठाउनुपर्छ।

केही समयपछि खिचिएको कागजपत्र कुन ट्राफिक कार्यालयमा रहेको छ भनी यसरी एसएमएस मार्फत नै जानकारी पाउन सकिन्छ। चिट काटिएको केही समयपछि मात्र डकुमेन्ट ट्रयाकिङ सिस्टम (डिटिएस) सक्रिय हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया