२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

उपराष्ट्रपतिमा गठबन्धनबाट तीन जनाको उम्मेदवारी

989 Shares
Spread the love

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि गठबन्धनको उम्मेदवारमा सहमति हुन नसकेपछि तीन जनाले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको छ। उपराष्ट्रपतिमा जसपाले महिला र पुरुष गरी दुई उम्मेदवार उठाउने र जनमत पार्टीले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।

जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तथा जनमत पार्टीबाट ममता झालाई उम्मेदवारी उठाउने तय भएको बताइएको छ। उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ।

जनमतका अध्यक्ष डा. सिके राउतले गठबन्धनबाट आज तीनजनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतबारसम्म सर्वसम्मतिले एकजना मात्रै उम्मेदवारी हुने बताए । उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।

यता नेकपा (एमाले) ले भने उपराष्ट्रपतिमा बाग्मती पूर्व मूख्यमन्त्री अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया