२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी

1534 Shares
Spread the love

काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आयोगले चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गराउनको लागि प्रक्रिया अघि बढाउने भएको छ ।

उपराष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचनको प्रक्रियाअनुरूप हुने जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रक्रिया अघि बढाउन तयारी अवस्थामा रहेको जानकारी दिए ।

उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर, प्रस्तावक र समर्थक पाँच र पाँचजना भने निर्वाचन मण्डलका सदस्य अर्थात् सांसदहरूबाटै हुनुपर्ने व्यवस्था छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लि। वा समुदायको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनको दफा १६ ९५० ले उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपतिमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने भनेको छ ।

खस आर्य समुदायबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि मधेशी समुदायबाट जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी अघि बढाएको छ ।

यसैबीच जनता समाजवादी पार्टीको बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सो पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपराष्ट्रपति निर्वाचनको लागि फागुण २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिने दिन तोकिएको छ ।

फागुण २८ गते उम्मेदवारीउपर उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नामावली फिर्ता लिने र अन्तिम नामावली प्रकाशित हुनेछ । चैत्र ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय ससंद् परिसरमा मतदान हुनेछ ।

यसैबीच नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ । उपराष्ट्रपतिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उम्मेदवारी नदिने सम्भावना भएकाले चैत ३ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो । उपराष्ट्रपति नन्दकिशोर पुनको पाँच वर्षे कार्यकाल चैत्र ४ गते सकिने छ ।

प्रतिक्रिया