२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

ठूलो दुर्घटनाबाट बच्यो श्री एयरलाइन्स, ७८ जना यात्रु सवार जहाजको इञ्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

1693 Shares
Spread the love

काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागीपछि
काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको जहाजको दाहिने इञ्जिनमा आगलागी भएपछि घादिङको आकाशबाट जहाज डाईभर्ट गरेका काठमाडौंमा अवतरण गरिएको छ ।

भएको हो । मल्टि इन्जिन भएको उक्त जहाज सिंगल इन्जिनको मद्दतमा काठमाडौं फर्काइएको हो । विमानमा रहेका क्रु सहित ७८ जना यात्रु सवार रहेको र अहिले उनीहरुलाई अर्काे उडानमार्फत भैरहवा पठाउन लागिएको श्रीयरलाइन्समा महाप्रवन्धक अनिल मानन्धरले बताए ।

यात्रुहरु सकुशल रहेको रहेको जहाजमा आएको प्राविधिक समस्याबारे परिक्षण सुरु गरिएको उनको भनाई छ ।
उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको भन्दै चालक दलका सदस्यले टावरलाई जानकारी गराएपछि आकस्मिक अवतरणको लागि विमानस्थलको धावनमार्ग खालि गरिएको थियोे । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुचारु रहेका छन् ।

 

 

 

प्रतिक्रिया