२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

पहिलो मैत्रीपूर्ण : नेपाल र भारत प्रतिस्पर्धा गर्दै

1167 Shares
Spread the love

काठमाडौं । नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति पौनै ८ बजे सुरु हुनेछ ।

नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ भने भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ ।

महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् ।

गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो ।

यसैगरी, नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

प्रतिक्रिया