२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पिनसिपको फाइनलमा

1303 Shares
Spread the love

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ । भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४८ औं मिनेटमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई १–१ को बराबरीमा ल्याइन् ।

७९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।  भारतले पहिलो हाफमा २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्।

नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्।

भारतलाई पराजित गर्दै तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ । यसअघि बंगलादेशसँग ३–१ ले पराजित भएको नेपाल भुटानलाई भने ४–० ले पराजित गरेको थियो ।

यसअघि भुटानलाई १–२ ले पराजित गरेको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।

प्रतिक्रिया