२०८०, ४ आश्विन बिहीबार
×

ट्रेन्डिङ

भारतीय अर्बपति मुकेश अम्बानी इङ्गलिश क्लब लिभरपुलल किन्ने दौडमा

106780 Shares

लण्डन । भारतका दोश्रो धनी व्यक्ति र रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले छिट्टै इङ्गलिश प्रिमियर लिगको ठूलो फुटबल टोली किन्ने तयारीमो होमिएका छन् । बेलायती अखबार ‘द मिरर’ को रिपोर्ट अनुसार मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्न दौडमा छन् ।

रिपोर्टका अनुसार लिभरपुल एफसीको स्वामित्वमा रहेको फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बेच्ने तयारी शुरु गरेको छ ।

एफएसजीले लिभरपुल एफसीलाई बेच्न ४ अर्ब पाउण्ड अर्थात करिब साढे ६१ हजार करोड नेपाली रुपैयाँ मूल्य तोकेको छ । अर्थात् अम्बानीले फुटबल क्लब किन्न यति धेरै रकम तिर्नुपर्नेछ । मुकेश अम्बानीले लिभरपुल क्लब किन्न इच्छुक रहेको दाबी गरेको छ ।

अम्बानीको कुल सम्पत्ति १२.०७ लाख करोड नेपाली रुपैयाँ छ र उनको खेलकुदमा पनि धेरै रुचि छ । त्यस हिसाबले, उनले फुटबल क्लब किन्नको लागि उक्त रकम सजिलै तिर्न सक्नेछन् । इङ्गल्याण्डको लोकप्रिय फुटबल टोली लिभरपुललाई प्राप्त गर्न अम्बानीले मध्यपूर्व र अमेरिकाका अन्य लगानीकर्ताहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अम्बानीले यसअघि सन् २०१० मा सहारा इन्डियाका अध्यक्ष सुब्रत रोयसँग मिलेर लिभरपुललाई किन्ने प्रयास गरेका थिए तर त्यो सफल भएन । त्यसपछि फेनवे स्पोर्ट्स ग्रुपले लिभरपुल क्लबलाई आफ्नो स्वामित्वमा लिएर आएको थियो । फुटबल टोली बेच्नका लागि लगानी बैंकिङ फर्म गोल्डम्यान स्याक्स र वित्तीय सेवा फर्म मोर्गन स्टेनलीलाई काममा लगाइएको छ ।

रिलायन्सका अध्यक्षसबैभन्दा सफल क्लब मध्येको एक लिभरपुललाई थप बलियो बनाउन टोलीमा लाखौं डलर लगानी गर्न इच्छुक छन् । क्रिकेटसँग लगातार लडाइँ गर्नु परे पनि भारतमा फुटबल सधैँ लोकप्रिय छ ।

इङ्गलिश प्रिमियर लिग पनि भारतीय फ्यानहरूमाझ निकै लोकप्रिय छ । लिभरपुल भारतमा सबैभन्दा धेरै समर्थन प्राप्त गर्ने टोली मध्ये एक हो । अम्बानीले इण्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने टोलीहरू मध्ये एक ’मुम्बई इन्डियन्स’ किनेपछि विश्वको सबैभन्दा धनी खेल टोली मालिकको रुपमा घोषित भएका थिए ।

रिलायन्स कम्पनीसँग पहिले नै ३ देशमा तीनवटा टी २० टोली छन् ।

अम्बानी अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को व्यावसायिक साझेदारसका साथै इण्डियन सुपर लिग फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया