लण्डन । मोना युकेले “चौथो मोना भलिबल प्रतियोगिता” अल्डरसटमा आयोजना गर्ने भएको छ । यही जुलाई २ तारिखका दिन शनिवार अल्डरसटस्थित Rushmoore saints FC Ground मा सो प्रतियोगिता हुने भएको हो ।
बेलायतमा नेपाली समुदायको बाक्लो बस्ती भएको ठाउँ अल्डरसटमा बिहान ८.३० बजे बाट सुरुहुने प्रतियोगितामा महिला, पुरुष तथा प्रौढ भलिबल प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको अवधिमा खेलाडी तथा खेलप्रेमी दर्शकहरूलाई मनोरन्जनको लागि विभिन्न सांगीतिक प्रस्तुतिहरु समावेश गरिने र सो अवसरमा नेपालको अत्यन्तै पुर्ख्यौली खेल छेलो प्रतियोगिता समेत समावेश गरिने मोना युथ भलिबल क्लबका उपाध्यक्ष तारा गर्बुजामगरले बताए ।
युवा वर्गलाई खेलकुदको माध्यमबाट स्वस्थ रहन र मनोरञ्जन दिलाउनका लागि सो खेलकुद कार्यक्रम आयोजना गरिएको प्रतियोगिताको संयोजक संस्थाका उपाध्यक्ष पदम (सुन्दर) गर्बुजाले जनाए ।
प्रतियोगिताका लागि प्रवेश शुल्क भलिबल : प्रौढ £१५० महिला £१३० पुरुष £१८० राखिएको छ भने विजयी खेलाडीलाई प्रौढ तर्फ उपविजेता टिमलाई £६०० र विजेता टिमलाई £१००० ,महिला तर्फ उपविजेता टिमलाई £६०० र विजेता टिमलाई £९०० र पुरुष तर्फ उपविजेता टिमलाई £१००० र विजेता टिमलाई £१६००, ट्रफी र रनिङशिल्डले पुरस्कृत गरिनेछ । सो पुरस्कार नेपाली समुदाय बिच भएको भलिबल प्रतियोगिताको सबैभन्दा ठूलो धन राशिको पुरस्कार रहेको संयोजक पदम (सुन्दर) गर्बुजाले बताए।
छेलो प्रतियोगिताका लागि प्रवेश शुल्क £२० रहेको छ भने विजेता खेलाडीले £२५० पाउनेछन् ।
प्रतियोगिता समापन पश्चात दर्शकहरूको थकान मेटाउनका लागि My UK टिमले आफ्टर पार्टीको व्यवस्था गरेको छ । अल्डरसटकै एम्पार हलमा रातिको ९.०० बजे देखि बिहान ३.०० बजसम्म सञ्चालन हुने आफ्टर पार्टीमा बेलायतकै चर्चित ब्याण्डहरु दाजुभाई ब्याण्ड र प्राज्न ब्याण्डको साथमा ईलिना गुरुङको बेजोड प्रस्तुती रहनेछ, भने एस. काजी को डिजेमा झम्न सक्नुहुनेछ ।
एड्भान्स टिकट बुकिङको लागि मोना युथ भलिबल क्लबका उपाध्यक्ष तारा गर्बुजामगरलाई 07848155972 मा सम्पर्क गर्न सक्नुहुनेछ ।