२०८३, ११ कार्तिक मंगलवार
×

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति

926 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन्। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।

 

‘अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो,’ उनले भनिन्। नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो।

 

यसैगरी प्रचण्डले भेटमा सदन सूचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए। साथै नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया