1675
Shares
लण्डन । मंगोलियन हार्टका लोकप्रिय गायक राजु लामाको कन्सर्ट पूर्वी लण्डनको बार्किङमा हुने भएको छ ।
बार्किङमा रहेको स्पटेड डग पबमा शनिवार (२० नोभेम्बर) को साँझमा उनको सांगीतिक प्रस्तुति हुन लागेको हो ।

बेलुका ६ बजेदेखि शुरु हुने सो कन्सर्टमा लामाले आफ्ना चर्चित गीतहरु गाउने छन् भने उनलाई सिक्का ब्याण्डले साथ दिनेछ ।
टिकट वेलिङको मनकामना स्टोर , दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा रहेका एभरेष्ट स्टोर र डाँफे रेष्टुरेन्ट साथै स्टडेट डग बार्किङबाट किन्न सकिनेछ ।
सो कन्सर्ट हेर्नका लागि अग्रिम बुकिङमा २० पाउण्ड र कार्यक्रम स्थलमा २५ पाउण्ड टिकट तोकिएको छ ।