२०८३, ११ कार्तिक मंगलवार
×

भारत आठौँ पटक बन्यो साफ च्याम्पियन

1808 Shares

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१’को उपाधी भारतले उचालेको छ। नेपालकाविरुद्ध ३ गोल गर्दै भारतले आठौँ पटक साफको उपाधि उचालेको हो।

 

माल्दिभ्सको राजधानी मालेमा नेपाली समयअनुसार आज राति ८ः४५ बजे सुरु भएको खेलको दोस्रो हाफको सुरुवातिमा भारतले दुई गोल गरेको थियो । खेलको ४८ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रिले र ५०औँ मिनेटमा सुरेस सिंह गोल गरेका थिए। भने खेलको अन्तिम ९० मिनेटमा भारतकै साहल अब्दुलले गोल गरेका थिए।

 

फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेल पनि खेलेका थिए। समूह चरणको खेलको अन्तिममा भारतले गरेको गोलका कारण नेपाल पराजित भएको थियो।

 

भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो।

 

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो।

प्रतिक्रिया