२०८३, ११ कार्तिक मंगलवार
×

नेपाल भारतसँग १-० गोलले पराजित

1288 Shares

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार माल्दिभ्समा भएको खेलमा खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णयक गोल गरेका थिए । उनले भारतका लागि ८२ औं मिनेटमा गोल गरेका थिए ।

 

नेपालबिरुद्धको खेलमा भारतले बल धेरैजसो आफ्नो कब्जामा राखेको थियो । भारतले सुरुवातबाटै निरन्तर एटेकिङ गरेको थियो । नेपालले पनि केही गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

 

नेपाल पराजित भएपनि फाइनल पुग्ने सम्भावना अझै बाँकी रहेको छ । नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ ।

 

बंगलादेशलाई नेपालले पराजित गरे फाइनल खेल्न पाउनेछ । यदी पराजित भएको अवस्थामा भने नेपाल प्रतियोगितबाट बाहिरिनेछ ।

प्रतिक्रिया