२०८३, ११ कार्तिक मंगलवार
×

टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

1921 Shares

काठमाडौँ– टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । योसँगै उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान भने तोडेकी हुन् ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

गौरिका १३औँ सागकी स्वर्ण विजेता हुन् ।

प्रतिक्रिया