२०८३, ८ भाद्र सोमबार
×

ट्रेन्डिङ

बिवाह गर्ने बाचा पुरा नगरेपछि बलात्कारको आरोप ,प्रेमी भने फरार

1055 Shares
Spread the love

असोज १६ प्रेम सम्बन्धले सबैलाई खुसी दिन सक्छ भन्ने पनि छैन । कतिपयले आफना वा प्रेमीको आवश्यकतालाई नै प्रेम मान्दा जीवनमा ठुलै ठक्कर पनि खाईन्छ । यस्तै भयो बिरगन्जका एक प्रेमी जोडीलाई । बाचा अनुसार प्रेमीले बिवाह गर्न नमानेपछि प्रेमीकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि प्रेमी भने घरै छोडेर फरार भएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बेल्वाकी १८ वर्षीया किशोरी र वीरगञ्ज महानगरपालिका–२० का २१ वर्षीय युवाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । दुवैले आपसी सहमतिमा पटक पटक शारीरिक सम्बन्धसमेत राखेको खुलेको छ । केटाको परिवारले बिवाहको सहमती दिएका थिएनन् तथापी केटाले आफनी प्रेमीकालाई बिवाह गर्ने बाचा गरे ।

सोही बमोजिम प्रेमिकालाई गत शनिवार सिमरास्थित ठुलीआमाको घरमा लिएर गएका थिए । तर ठुलीआमाको घरमा पुगेपछि अचानक सम्शादले बिहे गर्न नसक्ने बताएपछि आक्रोशित प्रेमिकाले आइतवार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रेमीले बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

उजुरीमा उनले प्रेमीले आफुलाई विभिन्न प्रलोभन दिएर पटक पटक जबरस्ती करणी गरेको बताएकी छन् । उजुरीमा ती किशोरीले सम्शादसँग आफनो प्रेमसम्बन्ध रहेको खुलाएकी छैनन् । फरार केटाको खोजी भइरहेको र पीडित भनिएकी किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया