२०८३, ११ कार्तिक मंगलवार
×

युक्रेनलाई ४ गोलले पराजित गर्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा

1045 Shares

लण्डन — युरो कपको आइतबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप्तान ह्यारी केनले रहिम स्टर्लिङले गरेको पासमा गोल गरेर खेलको चौथो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको थियो।

इंग्ल्यान्डले दोस्रो हाफ सुरु भए लगत्तै अग्रता दोब्बर पार्‍यो। लुक शाको फ्रिकिङमा ह्यारी माग्युरले हेडमार्फत गोल गर्न सफल भए ।

पाँच मिनेटपछि उत्कृष्ट क्रश गरेपछि ह्यारीले हेडमार्फत टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।

इंग्ल्यान्डका लागि जोर्डन हेन्डर्सनले चौथो गोल गरे। उनले ६३ मिनेटमा मासन माउन्टले उपलब्ध गराएको पासमा गोल गरे।

जगेडा खेलाडीको रुपमा मैदान छिरेका हेन्डर्सनले आफ्नो ६२ औं अन्तर्राष्ट्रिय खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा माउन्टको कर्नर बलमा हेडमार्फत बललाई गोलपोस्टको दिशा दिए।

जारी प्रतियोगितामा अहिलेसम्म इंग्ल्यान्डले गोल नखाई अभिजित यात्रा तय गरेको छ ।
पाँच खेलमा गोल नखाइ अन्तिम चारमा स्थान पक्का गरेको इंग्ल्यान्डले अब सेमिफाइनलमा आगामी बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच मंगलबार प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया