लण्डन । इंग्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
पहिलो हाफमा दुवै टोलीलेको खेल गोलरहित रहेको थियो । दोस्रो हाफमा भने जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्याण्ड खेलमा फर्किएको थियो ।
त्यसपछि इंग्ल्याण्डले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफनो पकडमा बनायो। यसैबिच जर्मनीका थोमस मुलरले बराबरी गर्ने सुवर्ण अवसर पाएका त थिए तर त्यो पनि सफल हुन सकेन ।
इंग्ल्याण्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ भने जर्मनी प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ । इंग्ल्याण्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ ।