बीबीसी। पक्राउ परेपछि गोडसेसँग गान्धीका छोरा देवदास गान्धी (राजमोहन गान्धीका बुवा) लाई त्यतिबेला पहिचान गरिएको थियो जब उनी गोडसेसँग भेट गर्न प्रहरी चौकी पुगेका थिए। यो भेटघाटको उल्लेख नाथुरामका भाइ तथा सह अभियुक्त गोपाल गोडसेले आफ्नो किताब ‘गान्धी वध क्यो’ मा छ।
गोपाल गोडसेलाई फाँसी भएन, कैदको सजाय भयो। जब देवदास गान्धी पिताको हत्यापछि संसदमार्ग स्थित प्रहरी चौकी पुगेका थिए, तब नाथुराम गोडसेले उनलाई चिनेका थिए। गोपाल गोडसेले आफ्नो किताबमा लेखेका छन्–देवदास सायद यो आशा लिएका आएका थिएनन् की आफूले कोही वीभत्स अनुहार भएको गान्धीको हत्यारालाई देख्नुपर्छ। तर नाथुराम सहज र सौम्य थिए। उनको आत्मविश्वास कायम थियो।’
निश्चित रुपमा हामीलाई थाहा थिएन की वास्तवमा भएको के थियो।

नाथुराम ले देवदास गान्धीसँग भने–म नाथुराम विनायक गोडसे हुँ। हिन्दी अखबार हिन्दु राष्ट्रको सम्पादक। म पनि त्यँही थिएँ। जहाँ गान्धीको हत्या भएको थियो। आज तिमीले आफ्नो बुवालाई गुमाएका छौ। मेरा कारणले तिमीलाई दुख पुगेको छ। तिमी र तिम्रो परिवारलाई जुन दुख परेको छ, त्यसप्रति मलाइ ठूलो दुख लागेको छ। कृपया मेरो विश्वास गर, मैले यो काम कुनै व्यक्तिगत रिसिवीका कारण गरेको होइन। नत तिमीप्रति मेरो कुनै दुराभाव नै छ।’
देवदासले सोधे–त्यसो भए तिमीले यस्तो काम किन गर्यौ?
जवाफमा नाथुरामले भने– मात्र राजनीतिक कारणले।’
नाथुरामले देवदाससँग आफ्नो भनाइ राख्न समय मागेका थिए। तर प्रहरीले उनलाई समय दिएन। अदालतमा नाथुरामले आफ्नो भनाइ वक्तव्य राखे, जसमाथि अदालतले प्रतिबन्द लगायो।
नाथुरामको वक्तव्यमा आखिर त्यस्तो के थियो? जुन विषयमा नाथुरामले आफ्नो भनाइ पनि राखेका थिए। पहिलो कुरा त उनी गान्धीलाई सम्मान गर्थे। उनले भनेका थिए–वीर सावरकर र गान्धीजीले जे लेखेको थियो त्यही बोलेकका थिए। त्यसलाई मैले गम्भीरतापूर्वक पढेको छु। मेरो विचारमा विगत ३० वर्षका क्रममा यी दुवै जनाले भारतीय जनताको विचार र काममा जति प्रभाव पारेका छन् त्यति कुनै पनि चीजले पारेको छैन्।’
नाथुरामले अगाडि भने–यी सबै कुरालाई बढ्ने र सोचेपछि मेरो पहिलो दायित्व एक देशभक्त र विश्व नागरिक हुनुका कारण हिन्दुत्व र हिन्दुका लागि हो भन्ने लाग्यो। ३० करोड हिन्दुको स्वतन्त्रता र हितको रक्षा आफैंमा पूरै भारतको रक्षा हुन्छ। जहाँ विश्वको प्रत्येक पाचौं व्यक्ति बस्छन्। यही सोचले मैले हिन्दु संगठनको विचारधार र कार्यक्रमप्रति रुची बढाएँ। मेरो विचारमा यही विचारधार हिन्दुस्तानलाई स्वतन्त्र बनाउन सक्छ र, त्यसलाई जोगाइ राख्न पनि सक्छ।’
यही नजरले नाथुरामले गान्धीका बारेमा पनि सोचे–३२ वर्षसम्म विचारमा उत्तेजना भर्ने गान्धीले जब मुस्लिमको पक्षमा आफ्नो अन्तिम उपवास राखे, तब म यो निष्कर्षमा पुगेको थिएँ की गान्धीको अस्तित्वलाई तत्काल समाप्त पार्नुपर्छ। गान्धीले दक्षिण अफ्रिकामा भारतीय समुदायका मानिसलाई हक अधिकार दिलाउन शानदार काम गरेका थिए। तर जब उनी भारत आए तब उनको मानसिकता यस्तो भयो की के सही र के गलत यसको अन्तिम फैसला गर्ने न्यायाधीश आफैंलाई मान्न थाले। यदि देशलाई उनको नेतृत्व चाहिएको भए उनलाई अपराजेयतालाई स्वीकार्ने जस्तो थियो। यदि देशले उनको नेतृत्व स्वीकार नगर्ने अवस्थामा उनले कांग्रेसलाई बेग्लै बाटोमा चलाउँथे।’

यही सोचले नाथुरामलाई गान्धीको हत्या गर्नलाई उक्सायो। नाथुरामले पनि भनेका छन्। ‘यो सोचसँग दुई वटा बाटो हुन सक्दैनथ्यो। या कांग्रेसले गान्धीकालागि आफ्नो बाटो छोडदिनुपथ्र्यो या गान्धीको सबै सनक, सोच, दर्शन र दृष्टिकोणलाइ अपनाउनु पथ्र्यो वा गान्धी विना अगाडि बढ्नु पथ्र्यो।’
तेस्रो आरोप के थियो भने पाकिस्तानको निर्माणमा सहयोग। नाथुरामले भने–जब कांग्रेसका दिग्गज नेता गान्धीको सहमतिबाट देश टुक्राउने फैसला हुँदै थियो, त्यो देश जसलाई हामीले पूजा गर्छौं, म रिसले चुर भएको थिएँ। व्यक्तिगत रुपमा कसैप्रति मेरो कुनै दुव्र्यभावना छैन। तर म के भन्न चाहन्छु भने म वर्तमान सरकारको सम्मान गर्दिन,किनभने सरकारको नीति मुसलमानको पक्षमा थियो। तर त्यही समयमा मैले स्पष्ट रुपमा के देखिरहेको छु भने यो नीति केवल गान्धीको उपस्थितिमा मात्रै चल्छ।’
नाथुरामको तर्कसँगै समस्या पनि थियो। उनको सोच के थियो भने गान्धी देश टुक्राउने विषयमा उत्साहित थिए। जबकि इतिहासका अनुसार विषय ठिक उल्टो थियो। उनले कांग्रेसमा गान्धी तानाशाह भएको बताएका छन्। तर उनले के पनि भनेका छन् भने कांग्रेसलाई आफ्नो कुरामा सहमत गराउन गान्धीले भोकहड्ताल गर्नु गरेको पनि उल्लेख गरेका छन्। कुनै तानाशाहले आदेश दिनुबाहेक अन्य केही पनि गर्नु पर्दैन।
नाथुरामले गान्धीको अन्तिम भोक हड्ताल (जो उनले पाकिस्तानलाई फण्ड जारी गर्न भारतले अस्वीकार गरेका कारण थियो) माथि प्रश्न उठाएका थिए। तर उनले त्यतिबेला गरे जतिबेला भारत आफ्नो प्रतिबद्धताबाट पछि हटेको थियो। गान्धीले त्यो बेला देशलाई सही र उपयुक्त बाटो देखाएका थिए।
नाथुरामले अदालतमा जे भने, तर्कका आधारमा ती विषयमाथि सहमति हुन सकिने अवस्था थिएन। यो देवदासलाई दिएको बयानभन्दा ठिक उल्टो थियो। केवल राजनीतिका कारणले मात्र गान्धीको हत्या भएको थिएन।
उनी गान्धीको धर्मनिरपेक्ष विचारधाराप्रति असहमत थिए। जुन वास्तविक हिन्दु धर्म भावको ठिक विपरित थियो। वास्तविकता के हो भने गान्धीको कुनै पनि बाटो वा तरिका यस्तो थिएन जसमाथि प्रश्न उठाउन सकियोस्। यही कारण दशकौंपछि पनि एक राजनेताका रुपमा उनको व्यक्तित्व कायम छ।
१९४९ मा गान्धीका बारेमा जर्ज आरवैलले लेखेका छन्–सौन्र्यबोधका हिसावले कसैले गान्धीप्रति वैमनस्य राख्न सक्छ। कोही उनी महात्मा भएको दाबीलाई अस्वीकार पनि गर्न सक्छ। (जवकि महात्मा भएको दाबी गान्धी स्वयंले कहिल्यै गरेनन्) कसैले उनलाई साधुको आदर्शन भएको भन्दै त्यसलाई पनि अस्वीकार गर्न सक्छ।
र यसकारण यो मान्न सकिन्छ की गान्धीको मुल भाव मानवविरोधी र प्रतिक्रियावादी छ। तर एक राजनेताका रुपमा हेर्दा र वर्तमान समयमा अन्य तमाम राजनेतासँग तुलना गर्दा हामी के पाउँछौं भने गान्धीले आफ्नो पछि कति सुगन्धित वस्तु छोडेर गएका रहेछन्।’