२०८३, ११ कार्तिक मंगलवार
×

इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा

1431 Shares

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १ – ० गोलअन्तरले पराजित गर्दै इंग्लायाण्ड नकआउट चरणमा प्रवेश गरेको हो ।

घरेलु टोलि इंल्याण्डलाई जित दिलाउन रहिम स्ट्रलिङले गोल गरे ।

पहिलो हाफको १२ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उक्त गोल नै इंग्ल्याण्डको जितमा निर्णयक गोल बन्यो ।

खेलको दोस्रो मिनेटमा किपरसँग वान टु वान मा स्ट्रलिङले गरेको प्रहार गोलपोस्टमा लागेर बाहिरीएको थियो ।

दोस्रो हाफको अन्तिम समय ८७ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गरेका थिए। तर, भीएआरको सहायतबाट अफसाईड देखिएपछि उक्त गोलले मान्यता पाएन ।

समूह ‘डी’ मा रहेको इंग्ल्याण्ड तीन खेलमाा २ मा जित र १ मा बराबरी खेल्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा इंल्याण्ड ७ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।

पराजित चेक रिपब्लिकको पनि नकआउट सम्भावना कायम नै छ। चेक रिपब्लिकले समूह चरणका तीन खेलमा एक जित, एक बराबरी र १ जित निकालेको छ। ४ अंक बटुल्दै समूहको तेस्रो स्थानमा छ।

समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टिमले नकआउट चरणको अवसर पाउने भएकाले चेक रिपब्लिकको पनि बलियो सम्भावना छ ।

प्रतिक्रिया