२०८३, २६ श्रावण मंगलवार
×

ट्रेन्डिङ

भान्जिलाई भेट्न गएका थिए मामा, तर अवैध सम्बन्धको आरोपमा गाउँलेले बनाए यस्तो हातल

1511 Shares
Spread the love

एजेन्सी । विवाहित भान्जिलाई भेट्न गएका मामामाथि अवैध सम्बन्धको आरोप लगाएर गाउँलेले कुटपिट गरेका छन्।

यो घटना भारतको बहराइच जिल्लास्थित नवाबगंज क्षेत्रको हो। विवाहित युवतीका पति कामको सिलसिलामा शहर बाहिर गएका थिए। त्यसै क्रममा युवतीका मामा उनका घरमा आएका थिए। जब बेलुकी युवतीका मामा भान्जिको कोठामा चार्जर लिन गए, तब कसैले बाहिरबाट ढोका बन्द गरिदिए।

बिहान हुने वित्तिकै गाउँलेलाई बोलाएर मामा भान्जिमाथि अवैध सम्बन्धको आरोप लगाएर दुबैलाई एउटा रुखमा बाँधिदिए। त्यसपछि उनीहरु दुबैलाई पशुलाई जसरी कुटपिट गरे। केही व्यक्तिले त बदनाम गराउनका लागि उक्त घटनाको भिडियो समेत बनाए।

जब युवतीका पति घर फर्किए, तब उनले उक्त घटनाका विरुद्ध आफ्नै काकासहित ९ जनाविरुद्ध  उजुरी दर्ता गरे। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

युवतीका पतिले आफ्ना काका र परिवारले थाहा हुँदा हुँदैपनि दुबैको बदनाम गराउनका लागि अवैध सम्बन्ध बनाएको आरोपमा कुटपिट गरेको आरोप लगाएका छन्। अहिले सबै आरोपी फरार छन्।

प्रतिक्रिया