लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका उपमहासचिव विनय अधिकारीले एनआरएनको चामलाई कायम राख्न आइसिसी निकै सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन् ।
एनआरएनमा लाग्दा खेरको मज्जा बेग्लै भएपनि पछिल्लो समय एनआरएनको चाम घट्दै गएकोप्रति उपमहासचिव अधिकारीले चिन्ता ब्यक्त गरेका हुन । शनिबार अल्डरसटमा सम्पन्न काउन्सिल बैठकका लागि बेलायत आएका एनआरएन उपाध्यक्ष कुमार पन्तको बिदाईका लागि बैठकको समापनपछिको कार्यक्रममा बोल्दै अधिकारीले भने, अघिल्लो नेतृत्वमा शेष घले अध्यक्ष हुँदा जुन खालको चाम थियो अहिले त्यो चाम घट्दै गइरहेको छ ।
घले दाईको जस्तो हाईट र चाम घट्दै गएकोप्रति आइसिसी निकै सचेत हुनुपर्छ । साथै उनले हिजोको चाम कहि न काँहि लोप भएकाले त्यसलाई सुधार गर्दै अगाडि बढ्न जरुरी रहेको धारणा राखे ।
उनले अब कुमार पन्त वा कुल आचार्य जस्तो नयाँ नेतृत्व जन्माउने बेला आएको बताए । उनले भने, एनआरएनमा के दिन सक्छु भनेर आउने हो लिन आउने होइन । अब आउने नेतृत्व त्यस्तै खालको हुनुपर्छ ।
जोका दिनमा कुमार पन्तले ब्यक्त गर्नुभएको र राख्नुभएको भावप्रति आफू निकै भावुक भएकोले आइसिसीले सो कुरामा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी लगायतले खादा ओढाएर सम्मान गर्दै बिदाई गरे ।
कार्यक्रममा चिरञ्जिवी ढकाल, विश्वआदर्श पण्डित, रामशरण सिंखडा, बिजन भट्ट लगायतका एनआरएन अगुवाहरुका साथै कार्यसमितिका पदाधिकारी र पत्रकारहरुको सहभागिता थियो । सो अवसरमा एनआरएन बेलायतक अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठीले कार्यक्रममा सहभागि भएर कार्यक्रम भब्य रुपमा सफल बनाइदिनुभएकोमा खुसी ब्यक्त गरेका थिए ।