२०८३, ११ कार्तिक मंगलवार
×

दुई दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्ने फिफाको तयारी

1312 Shares

काठमाडौँ-  विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल दुई दुई वर्षमा आयोजना गर्ने तयारी गरेको छ ।

फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्ने तयारीका लागि अध्ययन थालेको छ ।

साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्न कति सम्भव छ भन्ने अध्ययन थालेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् ।

विश्वकप फुटबल चार/चार वर्षमा हुँदै आइरहेको छ । दोस्रो विश्व युद्धको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।

प्रतिक्रिया