२०८३, ११ कार्तिक मंगलवार
×

पिएसजीलाई फ्रेन्च कप

1316 Shares

एजेन्सी । यस वर्षको फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।

गएराति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले उपाधि उचालेको हो ।

पिएसजीको यो उपाधि पछिल्लो सात वर्षको छैटौं उपाधि हो ।

खेलमा पिएसजीलाई विजयी गराउन अर्जेन्टाइनी खेलाडी मौरो इकार्दी र फ्रान्सका किलियन एम्बाप्पेले एक एक गोल गरे ।

फ्रेन्च कपको उपाधिसँगै पिएसजीको ध्यान अब फ्रेन्च लिग वानको उपाधितर्फ मोडिएको छ ।

जारी सिजनको फ्रेन्च लिगमा पिएसजी अहिले दोस्रो स्थानमा रहेको छ ।

लिगमा चार चरणका खेलहरु बाँकी हुँदा पिएसजी शिर्ष स्थानको लिलभन्दा १ अंकले पछाडी छ ।

प्रतिक्रिया