२०८३, ११ कार्तिक मंगलवार
×

पीएसजी मोनाकोसँग पराजित

1378 Shares

एजेन्सी-  फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो ।

मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

जितसँगै मोनाको २६ खेलमा ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ५४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया