२०८३, ११ कार्तिक मंगलवार
×

छिरिङ दोर्जे लामाबाट भेट्रान कपमा भाग लिने जोरपाटी फुटबल क्लबका खेलाडिहरुलाई जर्सी वितरण

2040 Shares

४ माघ, काठमाडौं । वागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामाले हेटौडामा आयोजना हुने छैटों भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिने जोरपाटी फुटबल क्लबका खेलाडिहरुलाई जर्सी वितरण गरेका छन् ।

शनिबार काठमाडौं जोरपाटिमा आयोजित कार्यक्रममा प्रमुख अतिथी छिरिङ दोर्जे लामा, विशेष अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र क्लबका अध्यक्ष दिपक लामाले खेलाडिहरुलाई संयुक्त रुपमा जर्सी वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लामाले जोरपाटी क्षेत्र खेलकुदको राम्रो संभावना भएको क्षेत्र रहेकोमा जोड दिनु हुँदै खेलकुदको विकासको लागि सुविधासम्पन्न खेलकुद मैदान व्यवस्थापनका लागि सबै स्थानीय निकाय र खेलकुद क्षेत्रले सहकार्य गर्दै अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याउनु हुँदै त्यसका लागि आवश्यक सहकार्य र सहयोगका लागि आफू तयार रहेको बताए । उनले जोरपाटी फुटबल क्लब राम्रो व्यवसायिक खेलाडीहरु भएको क्लब भएकोले खेलमा विजयका लागि अग्रिम शुभकामना समेत दिएका छन् ।

त्यसैगरी विशेष अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले खेलकुदको विकासका लागि वडा सबै पक्षसँग सहकार्य गर्न तत्पर रहेकोमा जोड दिनुहँदै हेटौंडामा हुने भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी हुन खेलाडिहरुलाई शुभकामना समेत दिए ।

हेटौंडामा हुने भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगिता माघ ५ गतेबाट शुरु हुनेछ भनें माघ १० गते सम्पन्न हुनेछ । देशका विभिन्न २० क्लबले भाग लिएका प्रतियोगितामा काठमाडौंबाट बौद्ध भेट्रान सहित ६ क्लबले भाग लिएका छन् ।

प्रतिक्रिया