२०८३, ८ भाद्र सोमबार
×

ट्रेन्डिङ

इन्धन अभाव भएपछि निगमले तोक्यो कोटा , बाइकलाई पाँच, गाडीलाई १५ लिटर

612 Shares
Spread the love

असोज ५-  चालकको आन्दोलनले इन्धन अभाव भएपछि नेपाल आयल निगमले कोटा तोकेको छ। निगमले सर्वसाधारणलाई पेट्रोलियम पदार्थको बिक्री गर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच र अन्य हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, डिजेल बिक्री गर्न निर्देशन दिएको हो।

निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनकाे नाममा पत्राचार गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।त्यसैगरी निगमले डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउने व्यवस्था गर्न सबै पेट्रोल पम्पलाई निर्देशन दिएको छ।

निगमका निर्देशक वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ विक्री गर्नू भनिएको छ।

प्रतिक्रिया