२०८०, १५ चैत्र बिहीबार
×

ट्रेन्डिङ

यसरी प्रतिबन्ध लाग्याे वधशाला, मासु नस्ट गर्न महानगरका प्रहरीलार्इ जिम्मा

994 Shares

काठमाडौँ । सरकारले चार पशुवधशालाको मासु बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको शुक्रबर भएको अनुगमन वधशालाहरु मापदण्ड पुरा नगरेको फेला परेपछि बिक्री बितरणमा प्रतिबन्ध लगाइएकाे हो ।

अनुगमन टोलीले ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा वधशालाको अनुगमन गरेको थियो । त्यसक्रममा मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु वधशालाको मासु बिक्री/वितरणमा प्रतिबन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलले बताए । सुधार नगर्दासम्मका लागि मासु बिक्री/वितरणमा प्रतिबन्ध लगाइएको हो ।

‘देव र सुनिलको वधशाला दर्ता पनि थिएन । सरसफाइमा ध्यान नै नदिएको, रागा भनेर मैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउामा मासु काट्ने गरेको थियो,’ उनले भने, ‘यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पालना नगरेको मासु बिक्री बितरणमा प्रतिबन्ध लगाएको हो ।’ काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले स्वास्थ्यका लागि उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए । कृषि राज्यमन्त्री चौधरीले व्यवशायको नाममा आम मानिसको स्वास्थ्यसाग खेलवाड गर्ने काम भएको जनाउदै सुधार नहुन्जेल अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् ।

प्रतिक्रिया