२०८३, २६ श्रावण मंगलवार
×

ट्रेन्डिङ

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सर्वसम्मत

2403 Shares
Spread the love

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतले स्वीकृत गरेको छ।

सिंह दरबारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरेलाई सर्वसम्मत रुपमा स्वीकृत गर्ने निर्णय गरेको हो ।

गत मंगलबार बसेको समिति बैठकले गरेको निर्णय अनुसार घिमिरेलाई सुनुवाइका लागि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। घिमिरेबारे उजुरी दिन दशदिने सार्वजनिक सूचना आह्वान भए पनि एउटा पनि उजुरी परेको थिएन।

दिउसो १ बजेका लागि नै बैठक बेलाइए पनि ढिला गरि ३ बजे सुरु भएको बैठकले घिमिरेलाई स्वीकृत गरेको हो । उजुरी नपरेपनि सुनुवाई समितिमा घिमिरेले सांसदहरुका अन्य प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् । लोकमान कार्कीले महाअभियोगको सामना गरेपछि घिमिरेले कार्यबाहक जिम्मेवारि सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया