२०८३, ८ भाद्र सोमबार
×

ट्रेन्डिङ

अरबी गायक रफीले गाए नारायण गोपालको गीत (भिडियो)

1310 Shares
Spread the love

ओमन, असोज ४ – अरबी गायकले पहिलोपटक नेपाली गीत गाउनु भएको छ । ओमनका गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाउनुभएको हो ।

ओमानमा रहेको नेपाली दूतावासले संविधान दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा हैथाम रफीले नेपाली गीत गाएर नेपाल र ओमनबिचको भावनात्मक सम्बन्ध थप उचाइमा पुर्‍याउन चाहेको बताउनुभयो । रफीले गीत संगीतको भाषा र धर्म नहुने भन्दै स्वर सम्राट नारायण गोपालको गीत आफूलाई धेरै मनपर्ने बताउनुभयो ।

भारतको गायन रियालिटी शो ‘दिल हे हिन्दूस्तानी’ का विजेता समेत रहेका रफीले ओमनमा नेपालीको उपस्थितीले दुई देशिय सम्बन्ध थप बलियो भएको बताउनुभयो । नेपालमा संविधान जारी भएको तेस्रो वर्ष पुगेको अवसरमा नेपाली दूतावास ओमानले मस्कटमा कार्यक्रम गरेको थियो ।

ओमनका सूचना मन्त्री हामिद बिन मोहम्मद अल रशिदको प्रमुख आतिथ्यता तथा ओमान सरकारका बिभिन्न २० निकायका प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रममा यहाँ कार्यरत नेपाली समुदाय समेत सहभागी भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया