सीड्नी । अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बास अन्र्तगत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम होर्वाट हुरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा अग्रस्थानमा रहन सफल भएको छ ।
लामिछानेको पहिलो उपस्थीत होर्वाटको लागि निकै उपलब्धीमुलक रहयो । उनले पुरानो क्लबविरुद्धको खेलमा कसिलो बलिङगर्दै महत्वपुर्ण दुइ विकेट हात पारे । कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि अनिबार घरेलु मैदानमा पहिलो खेल खेलेका हुन ।
प्रारम्भमा मेलवर्न स्टार्सले टस जितेर फील्डीङ रोजेपछि ब्याटिङ गर्न आएको होर्वट हुरिकेन्सले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १६४ रन जोडेको थियो । होर्वटको जितमा बेन म्याकड्रेमट र डविड मलानको उत्कृष्ट ब्याटिङ सरानिय रहयो । बेनले ३१ रन जोडे भने मलानले ५६ बल खेलेर शानदार ७५ रन जोडेका थिए ।
प्रतिउत्तरमा दोस्रो ब्याटिङ गर्न उत्रेको मेलवर्न स्टार्स भने २० ओभरमा ९ विकेट गमाुउदै १४३ रनमा सिमित हुन पुगेको थियो । मेलवर्न स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ७० रन जोडेपनि टिमलाई जिताउन सकेनन । उनले ५ छक्का र ६ चौका प्रहार गर्दै टिमलाई महत्वपुर्ण योगदान दिएका थिए । लामो समयपछि मैदानमा उत्रेका नेपाली लेग स्पीनर सन्दिप लामिछाने केहि महंगो साबित भए पनि महत्वपुर्ण दुइ विकेट हात पारे । सन्दिप लामिछानेले भने चार ओभर बलिङगर्दै ३८ रन खर्चेर पुरानो टिमविरुद्ध दुइ विकेट लिएका थिए । अर्का बलर स्कट बोलान्डलेम हत्वपुर्ण तिन विकेट लिएर होर्वाटको जित सहज बनाएका थिए । सन्दिपको टोली होर्वाट हुरिकेन्सले आगामी जनवरी ४ मा पुन ब्रिजबेनमा मेलवर्न स्टार्ससँंग खेल्ने कार्यक्रम रहेको छ ।