२०८३, ११ कार्तिक मंगलवार
×

इंग्लिस प्रिमियर लिग : चेल्सीको सानदार जित

1322 Shares

काठमाडौं – गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई  ३–० गोलले पराजित गरेको हो ।

उक्त खेलमा चेल्सीका लागि ट्यामी अब्राहमले दुई गोल र थिएगो सिल्भाले एक गोल गरे । खेलको १०औं मिनेटमा चेल्सीका थिएगो सिल्भाले गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको १६औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरे । तर मान्यता भएन । त्यसपछि खेलको ७८औं मिनेटमा र ८०औं मिनेटमा  ट्यामी अब्राहमले गोल गरी चेल्सलाई जित दिलाए ।

जितसंगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ भने वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा रहेको छ ।


प्रतिक्रिया