सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल अन्तर्गत यूरोपियन समूहको ड्र सार्वजनिक भएको छ । सोमबार राति यूईएफएले यूरोपियन छनोट समूहको ड्र सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ड्र अनुसार यूरोपका ५५ राष्ट्र विभिन्न १० समूहमा विभाजित भएका छन् । ड्र अनुसार समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान छन् ।
समूह बीमा स्पेन, स्वीडेन, ग्रिस, जर्जिया, कोसोभो छन् भने समूह सीमा इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया समेटिएका छन्।
त्यसैगरी समूह डीमा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान छन् भने समूह इमा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया समेटिएका छन् ।
त्यसैगरी समूह एफमा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा रहेका छन् भने समूह जीमा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटारलाई राखिएको छ ।
समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टाले खेल्नेछन् भने समूह आईमा इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनोको प्रतिस्पर्धा हुनेछ । अन्तिम समूह जेमा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन समेटिएका छन् ।
विश्वकप छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुने हुनेछ । समूहको शीर्ष स्थानमा पुगेको टिमले सिधै विश्वकप खेल्न पाउने छन् भने समूहको दोस्रो स्थानमा रहने टिमले छनोट खेल खेल्नु पर्नेछ ।
नेपालसंसारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने [email protected] सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।