एन्फाले २०२० अक्टोबरमा ग्रासरुट कोचिङ कोर्स गर्नेछ । दुई दिने यो कोर्स फुटबल सम्बन्धी आधारभूत ज्ञान भएकोले निशुल्क लिन सक्नेछन् । यस्तै यसै वर्ष डिसेम्बरमा कम्युनिटी कोचिङ कोर्स (जसलाई डी लाइसेन्स पनि भनिएको छ) गर्ने भएको छ । चार दिन सञ्चालन हुने यो कोर्स लिन ३ हजार शुल्क लाग्नेछ भने यसका लागि फुटबल खेलाडी भएको हुनुपर्नेछ । यसैगरी एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स २०२१ जनवरीमा हुन्छ । ८ दिनको सी लाइसेन्सस कोर्सका लागि कम्युनिटी कोर्स पास गरेको हुनुपर्नेछ भने ५ हजार शुल्क लाग्नेछ ।
यस्तै १२ दिन सञ्चालन हुने ‘बी’ लाइसेन्स कोर्सका लागि ‘सी’ कोर्स गरेको हुनुपर्नेछ भने शुल्का ७ हजार लाग्नेछ । २०२० नोभेम्बरमा एएफसी ‘बी’ लाइसेन्स कोर्स सञ्चालन हुनेछ । ‘बी’ कोर्स पूरा गरेकोले यो कोर्स गर्न पाउनेछन् । यसका लागि १० हजार शुल्क लाग्नेछ । यो कोर्स १८ दिनको हुनेछ । यस्तै एन्फा एडभान्स युथ कोचिङ कोर्स २०२० डिसेम्बरमा हुनेछ । एएफसी ‘सी’ लाइसेन्स पास भएकोले यो कोर्स लिन पाउनेछन् र १० हजार शुल्क लाग्नेछ ।
यसैगरी २०२१ फेब्रुअरीमा एएफसी फिटनेस लेभल वान ‘ए’ कोचिङ कोर्स हुनेछ । ५ दिनको यो कोर्सका लागि एएफसी ‘सी’ लाइसेन्स भएको हुनुपर्नेछ भने ३ हजार शुल्क लाग्नेछ । एएफसी फिटनेसकै लेभल वान ‘बी’ कोचिङ कोर्स २०२१ मार्चमा हुनेछ । ५ दिनकै यो कोर्सका लागि फिटनेस लेभल वान ‘ए’ पास गरेको हुनुपर्नेछ भने ५ हजार शुल्क लाग्नेछ ।
यस्तै एएफसी गोलकिपिङ लेभल वान कोचिङ कोर्स २०२१ जुनमा अञ्चालन हुनेछ । एएससी ‘सी’ लाइसेन्स भएकाले यो कोर्स लिन पाउनेछन् र ३ हजार शुल्क लाग्नेछ । यस्तै गोलकिपिङ लेभल २ कोचिङ कोर्स २०२१ डिसम्बरमा हुनेछ । यस कोर्स गर्नका लागि एएफसी ‘बी’ लाइसेन्स र एएफसी गोलकिपिङ लेभल वान कोर्स पास भएको हुनुपर्नेछ । एएफसी फुटबसल लेभल वान कोचिङ कोर्स २०२१ जुलाईमा हुनेछ । फुटसल खेलाडी भएकोले यो कोर्स गर्न पाउनेछन् र शुल्क ३ हजार लाग्नेछ ।
कोरोना महामारीको कारणले गर्दा तोकिएको कोर्स सञ्चालन मितिमा हेरफेर हुनसक्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।
साथै छनोटमा परेका कोचहरुलाई कोर्स हुने स्थान र अन्य सबै जानकारी गराइने पनि अध्यक्ष शेर्पाले बताए ।



