1364
Shares
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा युनाइटेडले अष्ट्रियन क्लब लास्कलाई २–१ को पूनरागमन जीत निकाल्दै समग्रमा ७–१ को जीत निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । युनाइटेडको जीतमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।