२०८३, ११ कार्तिक मंगलवार
×

क्लब विश्वकपको उपाधि लिभरपुलले जित्यो

1137 Shares

क्लब विश्वकप फुटबलको उपाधि  इंग्लिस क्लब लिभरपुलले जितेको छ।

शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो। लिभरपुललाई उपाधि दिलाउन रोबर्टो फिर्मिन्होले गोल गरे।

निर्धारित समयमा दुवै टोलीले  बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफमा लिभरपुलका लागि  फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यो गोल नै विश्वकप जिताउन पर्याप्त बन्यो।  लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो।

प्रतिक्रिया