1063
Shares
काठमाडौं, २३ चैत । प्रिमियर लिग इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब लिभरपुलले आफ्ना खेलाडीबाहेक केही कर्मचारीलाई निश्चित समयको बिदा दिएर घर पठाउने भएको छ ।
यसरी जागिरबाट बिदा पाउने ती कर्मचारीले क्लबमार्फत केही नपाए पनि सरकारको रोजगारी सुरक्षा योजना अन्तर्गत ८० प्रतिशत तलब पाउन सक्नेछन् ।
कोरोना भाइरसको प्रभावका कारण लिभरपुल आर्थिक संकटमा परेपछि यस्तो निर्णय गरेको हो । अहिले कोरोनाका कारण युरोपका अधिकांश क्बलहरु आर्थिक संकटमा छन् ।
प्रिमियर लिगबाहेक क्लबमा खेलाडीको तलब कम गरेर अन्य कर्मचारीलाई शतप्रतिशत तलब दिने योजना बनिरहँदा लिभरपुलले भने कर्मचारी निस्कासन सुरु गरेको हो । तर, लिभरपुलको यस्तो निर्णयको विरोधहरु पनि भइरहेको छ ।