काठमाडौँ । दोस्रो संस्करण अन्तर विद्यालय र्लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत आजको फाईनल खेलमा नेपालय इंगलिस पब्लिक स्कुलले दोहोरो उपाधि उचाल्न सफल भएको छ ।
छात्र फाइनल खेल तर्फ नेपालय स्कुलका सरोज कार्कीले दुई गोल गरेको थियो भने भेनस पब्लिक स्कुलका आयुस मगरले एक गोल फर्काएका थिए ।
छात्राको खेलमा तर्फ नेपालय इंगलिस पब्लिकले गोकर्ण लाइट एकेडेमीलाई १-० गोलले हरायो । नेपालयका क्यप्टेन अलिशा तामाङले गरेको गोल नै निर्णायक गोलमा परिणत भएको थियो ।

छात्रा तर्फ जीवन तारालाई टाइब्रेकरमा हराएर लिबर्टी तेस्रो भएको थियो
अत्तरखेलको शिवपुरीचोक स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा नेपालय इंगलिस पब्लिक स्कुल बिजयी भई रू २० हजार तथा ट्रफी प्राप्त गर्यो । दोस्रो स्थान हासिल गर्दै र्लिबर्टी इंगलिस एकेडेमीले रू १० हजार तथा ट्रफी र तेस्रो स्थान जीवन तारा र छात्रा तर्फ लिबर्टीले रू ५ हजार पाएको छ।
आज सम्पन्न भएको कार्यक्रममा संघीय सांसद माननीय कृष्ण राई, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनी, अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा, प्रतियोगिताका संयोजक एबम अत्तरखेल युवा समाजका सचिब दिनेश राइ, नेपालय इंगलिस पब्लिक एम.डी. बुद्ध श्रेष्ठ, गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य नाथ आचार्य लगायत बिभिन्न विद्यालयका प्रिन्सिपल ,शिक्षक प्रतिनिधि ,खेलाडी, विद्यार्थी तथा खेल प्रेमी दर्शकहरु रहेका थिए ।

सभापतिमा लिबर्टीका प्रिन्सिपल तथा राष्ट्रिय संस्थागत विद्यालय संघका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकाल रहेका थिए ।
उक्त प्रतियोगिता लिबर्टी एकेडेमी इंगलिस मेडियम स्कुलको आयोजक र अत्तरखेल युवा समाजको संयोजकमा जिल्ला ब्यापी दोस्रो संस्करण कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिता गरिएको हो ।
