काभ्रे – तेमाल गाउँपालिकामा अध्यक्ष कप अन्तर्गत आजको फाईनल खेलमा वडा नं. ८ ले वडा नं. ९ लाई ६-५ गोल अन्तरले पराजित गर्दै प्रथम तेमाल गाउँपालिकामा अध्यक्ष कपको उपाधि उचाल्न सफल भएको छ ।

खेलमा वडा नं. ९ तर्फका क्यप्टेन रबिन तामाङले खेलको २५ औ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यस लग्गतै वडा नं. ८ का तर्फबाट जर्सी नं ९ का भिजन लामाले ३० औं मिनेटमा गोल गर्दै १–१ को बराबरीमा ल्याए । पहिलो हाफमा २-२ को बराबरीमा खेल टुङ्गिएको थिए ।

यसैगरी दोस्रो हाफको पेनाल्टीमा पनि ५-५मा बराबरीमा रहेकाे थियो तर तर दोस्रो चरणको पेनाल्टीमा भने वडा नं. ९ को जर्सी नं. ३ का खेलाडी दावा लामाले हानेको बल वडा नं. ८ का गोलरक्षक बुद्ध लामाले रोकेको थियो त्यो नै निर्णायक गोलमा परिणत भएको थियो ।

तेमाल गाउँपालिकाको चापाखोरी स्थीत खेल मैदानमा माघ २३ गते देखी शुरु भएको खेलमा तेमाल गाउँपालिका वडा ८ बिजयी भई ७५ हजारको पुरस्कार लिएको छ। दोस्रो स्थान हासिल गर्दै तेमाल गाउँपालिका वडा ९ ले ५० हजार र तेस्रो स्थान वडा नं. ५ नारायणस्थान पोखरीले २५ हजार पाएको छ ।

स्वर्णा पदक बिजेता तेज तामाङ,स्क्वासमा कास्यपदक बिजेता बिपना ब्लोनलाई सम्मान गरेको थियो।

आज सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ प्रमुख अथिती रहेका थिए । यसैगरी बिशेष्या अथितीमा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङ रहेका थिए ।

कार्यक्रमको अथितीहरुमा वडा ८ का अध्यक्ष लक्ष्मी बहादुर तामाङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर लामा , वडा नं. ६ ठूलो पर्सेलका वडा अध्यक्ष विकुलाल मोक्तान, वडा ७ का सदस्य मिम दोङ लगायतका ब्यक्तित्वहरु रहेका थिए । साथै सभापतिमा तेमाल गाउँपालिकाका प्रवक्ता तथा ७ नं. वडाका वडा अध्यक्ष ज्ञान बहादुर तामाङले रहेका थिए ।

उक्त प्रथम तेमाल गाउँपालिका अध्यक्ष कप खेलमा राजेश श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।



