२०८३, ११ कार्तिक मंगलवार
×

दोस्रो जिल्लाब्यापी अन्तर विद्यालय र्लिबर्टी कप अत्तरखेलमा हुने

987 Shares

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित लिबर्टी एकेडेमीले अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

माघ २४ गते बाट सो प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरेको थियो।

खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको लिबर्टी एकेडमीका प्रिन्सिपल ओम प्रसाद ढकालले जानकारी दिए।

लिबर्टी एकेडेमी प्लस टु को प्रायोजन रहेको प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फका प्रथम, द्दितिय र तृतीय हुने टिमले द्दितिय क्रमशः नगद रु २० हजार, नगद रु १० हजार र नगद रुु ५ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता संचालनका लागि  करिब ४ लाख रुपैया खर्च हुने अनुमान रहेको छ । प्रतियोगितालाइ अत्तरखेल युवा समाजले संयोजन गर्ने भएको छ ।

अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले पत्रकार सम्मेलनमा बोल्दै बिगतमा जस्तै एस पटक पनि सो प्रतियोगितालाइ सहयोग गर्ने बताए। उनले स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए । उनले सो प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्नको लागि सबैको साथ र सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरेका थिए।

त्यसै गरि कार्यक्रम संयोजक एबम  अत्तरखेल युवा समाजका सचिब दिनेश राइले खेल अवधीभर अनुशासित र मर्यादित खेल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए।  उनले प्रतियोगिताको लागि फारम र आवश्यक कागजात सहित टिम दर्ता गर्न अनुरोध गर्दै माघ २२ गते सम्म टिम दर्ता गरि सक्न अनुरोध गरेका थिए। माघ २२ गते सम्म टिम दर्ता गरेर  माघ २२ गते अपरान्ह ४ बजे लिबर्टी एकेडमीमा खेल तालिका सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता माघ २४ गते बाट अत्तरखेल शिवपुरीचोक स्थित खेलमैदानमा हुनेछ ।

 

प्रतिक्रिया