संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ ।
संकटाविरुद्ध आर्मीले कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकेश कुथु, विकाश खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल जस्ता स्टार खेलाडीलाई मैदान उतार्ने छ । संकटा पनि आफ्ना खेलाडीले विस्तारै लय समात्दै गएकाले आर्मीविरुद्ध जित निकाल्ने दाउमा छ ।
राष्ट्रिय टिमका दुई खेलाडी सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ पाएको संकटा आर्मीविरुद्ध गतसिजन ब्यहोरेको हारको बदला लिन चाहन्छ ।



