काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

पुस १९ गते देखी शुरु भएको खेल जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा २५ गते शुक्रबार भएको फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरीले उपाधि जितेको हो ।
चन्द्रागिरीले ललितपुरमाथि २३-२५, २५-१९, २५-१८, २१-२५ र १५-९ को जित निकाल्यो ।
चन्द्रागिरी बिजयी भई २ लाख नगद पुरस्कार प्राप्त गरेको छ, दोस्रो स्थान हासिल गर्दै ललितपुरले १ लाख र तेस्रो भएको गोकर्णेश्वरले ५० हजार पाएको छ ।

आज सम्पन्न भएको कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन प्रमुख अथिती रहेका थिए । यसैगरी उप प्रमुख गीता सत्याल विशेष अथिती रहेका थिए । चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी ,गोकर्णेश्वर नगरपालिका खेलकुद शाखा प्रतिनिधी राजन श्रेष्ठ , जोरपाटी फुटबल क्लबको सचिब तथा यस प्रतियोगिताको संयोजक कृष्ण प्रसाद नेपाल, राज तामाङ लगायतका ब्यक्तित्वहरु उपस्थिति रहेका थिए ।
