२०८३, ११ कार्तिक मंगलवार
×

गोकर्णश्वर नगरपालिका महानगर कप भलिबल प्रतियोगितामा सहभागिता हुने

7055 Shares

गोकर्ण । प्रदेश ३ का नगरपालिकाको सहभागितामा महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता ललितपुर महानगरपालिकाको १ सय १औं स्थापना दिवसको अवसरमा सहभागिता हुने गोकर्णश्वर नगरपालिका टिमलाई ट्रयाक तथा जर्सी वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रवत्त वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुङ्गाना प्रमुख अथिती रहेका थिए । यसैगरी अथितीमा गोकर्णेश्वर नगरपालिका खेलकुद शाखा प्रतिनिधी राजन श्रेष्ठ , नेपालय ईङलिस पब्लिक स्कुलको प्रबन्धक निर्देशक बुद्ध श्रेष्ठ , जोरपाटी फुटबल क्लबको सचिब तथा यस प्रतियोगिताको संयोजक कृष्ण प्रसाद नेपाल लगायतका ब्यक्तित्वहरु रहेका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिले गोकर्णश्वर नगरपालिका टिमलाई ट्रयाक तथा जर्सी वितरण गर्दै खेलाडिहरुलाई अनुशाषित भएर खेल खेल्न र विजय गरेर गोकर्णश्वर नगरपालिकाको नाम रहने गरी भूमिका निर्वाह गर्न शुभाकामना दिनु भएको थियो।

जावलाखेलको भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलाको ८ गरी २१ टिमको सहभागिता रहने संयोजक कृष्ण प्रसाद नेपालले जनाएको छ ।

प्रतियोगिताको महिलातर्फ ८ र पुरुषतर्फ १३ टोलीको सहभागिता रहेको बताइएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको महिलातर्फ ललितपुर महानगरपालिका, हेटौडा उप महानगरपालिका, बनेपा, टोखा, चन्द्रागिरी, गुप्तेश्वर, गोकर्णश्वर नगरपालिका र विदुर नगरपालिकाको सहभागिता रहनेछ ।

ललितपुर महानगरपालिकासहित बनेपा, टोखा, महालक्ष्मी, गोदावरी, पनौती, धुलीखेल, भक्तपुर,कीर्तिपुर, कमला माई, गोकर्णश्वर,कागेश्वरी मनहरा र चौतरा सांगा गडी नगरपालिकाले पुरुषतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रदेश ३ को महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिको टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभागीय टिम र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले भने सहभागिता जनाउन नपाउने छ ।

पुस १९ देखि २५ गते सम्पन्न हुने प्रतियोगिताका दुवैतर्फका विजेता टोलीले २ लाख, दोस्रो टोलीले १ लाख, तेस्रोले ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दुवै उत्कृष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन, सरभर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

 

प्रतिक्रिया