२०८३, ११ कार्तिक मंगलवार
×

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जित्यो

1519 Shares

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई २१ रनले हरायो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् । टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए । मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हाताय ५ रनमै पभेलियन फर्किए ।

चौथो नम्बरमा आएका अनिलले तेस्रो विकेटका लागि मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५० र ५० रनामा आउट भए ।अरिफ शेखले १९ रन जोडे । उनी आउट हुँदा टिकको स्कोर १७० रन थियो र मात्र ११ बल बाँकी थियो । करण केसीले आक्रामक पारी खेले । उनले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए भने सन्नी पटेल १६ मा ।

२०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । ओपनर सुनिल धमला मात्र चार रनमा आउट भए लोकेश बम मात्र एक रनमा ।तर मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे ।

तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रमक पारी खेल्दै ४१ रनको साझेदारी गरे ।आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने ।

छैटौं नम्बरमा आएका पुनित मेहरा र प्रदीप क्रिजमा रहँदासम्म बिराटनगरको जितको आश कायमै थियो । दुबैले ठूलो सर्ट खेलिरहेका थिए । कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएपछि भने चितवनको जित औपचारिक मात्र बाँकी रहृयो । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए थिए ।

प्रतिक्रिया