1892
Shares
आशिस तामाङ-
काठमाडौं– पाचौ सस्करणको राष्ट्रिय भेट्रान्सकप फुटबल प्रतियोगितामा जोरपार्टी फुटबल क्लवले सहभागीता हुने भएको छ।

उक्त प्रतियोगितामा सहभागीता हुने खेलाडीहरुलाई गोकर्णश्वार नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुङ्गाना र जोरपार्टी फुटबल क्लवका अध्यक्ष दिपक लामाले जोरपाटी स्थित मोसेस क्लबमा खेलाडीहरुलाई शुभकामना तथा खेल पोशाक हस्तान्तरण गरेको छ ।

पुस २ गते देखि ५ गते हेटौडामा हुने चालिस बर्ष माथिका उमेर समुहका खेलाडीहरुको प्रतियोगिता हेटौंडा ४ स्थित लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा आयोजना गर्न लागेको हो।

प्रतियोगितामा प्रथम हुने समुहले नगद एक लाख रुपैया तथा शिल्ड, दितिय हुने समुहले नगद ५० हजार रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले नगद पुरुस्कार प्राप्त गर्ने जोरपार्टी फुटबल क्लवका सचिव कृष्ण प्रसाद नेपालले बताएका छन् ।
