काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जित्ने नेपाली खेलाडीहरुका लागि ठूलो पुरस्कार रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरेर उनले स्वर्ण विजेतालाई नौ लाख, रजत विजेतालाई ६ लाख र कास्य पदक बिजेतालाई तीन लाख दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दुई वा सोभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार दिनेसमेत घोषणा गरेका छन् ।
प्रधानमन्त्रीको घोषणाअनुसार पौडीका कीर्तिमानी खेलाडी गौरिका सिंहले ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन् । सागमा कीर्तिमान कायम गर्दा सिंहले पौडीमा चारवटा स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी छिन् ।
उनले स्वर्णमा ११ लाखको दरले ४४ लाख, रजत मा छ लाखको दरले १२ लाख र कास्यमा तीन लाखको दरले नौ लाख पाउने छिन् ।