२०८३, ११ कार्तिक मंगलवार
×

साइक्लिङ्‍मा बुद्धि तामाङले जिते स्वर्ण

1190 Shares

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङ्‍को क्रस कन्ट्री पुरुषमा नेपालका बुद्धि बहादुर तामाङले स्वार्ण जितेका छन् ।

https://www.youtube.com/watch?v=C-CRO1J611g&t=46s

गोकर्णेश्वरस्थित राष्ट्रिय सहिद पार्कमा बिहीबार नेपालका बुद्धिबहादुर तामाङ स्वर्ण जित्न सफल भएका हुन् । क्रस ४ किमीको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्न सफल भएका हुन् ।

यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् । वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ । नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो । नेपालले यसअघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।

https://www.youtube.com/watch?v=soRs0Q_fykk&t=34s

प्रतिक्रिया